Friday, March 5Nepal News Portal
Shadow

चीनमा बनेका १६ कोभिड १९ बिरुद्धका खोपलाई दिइयो परीक्षणको अनुमति


एजेन्सी, (ससं) । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको जानकारी दिएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । शनिबार सो निकायले दिएको जानकारी अनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको छ ।

यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ र यसको धेरै तिर प्रयोग पनि भएको बताइएको छ ।
ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ । –सिन्ह्वा

Total Page Visits: 8 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्