Saturday, March 6Nepal News Portal
Shadow

मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झडप


मकवानपुर, (ससं) । मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका छन् । राक्सिराङको कुपिनटारमा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको छ । गाँजा नस्ट गरेर फर्केको प्रहरी टोली र स्थानीय बासिन्दाबीच विवाद भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको स्रोतको भनाई छ ।

राक्सिराङ गाउँपालिका १ का कान्छाराम रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तर राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पक्राउबारे आपत्ति जनाउनुभएको छ ।

प्रहरीले बारीमा लुकाएर राखेको अवस्थामा शनिवार १८ क्विण्टल गाँजा बरामद गरी नस्ट गरेको थियो ।

Total Page Visits: 10 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्