Saturday, February 27Nepal News Portal
Shadow

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ


सुर्खेत, (ससं) । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने जुम्लाको गोठीचौर गाउँपालिका–५ का मोटरसाइकल चालकलाइ प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए ।

सुर्खेतका ट्राफिक प्रहरीका अनुसार मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको हो । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्