Saturday, February 27Nepal News Portal
Shadow

जीवन भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति गठन


काठमाडौं,(ससं) । पत्रकार जीवन भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौंमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षका रुपमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिएका हुन् ।
युट्युव, फेसबुकलगायतका सामाजिक सञ्जाल तथा अनलाइनमार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो । गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेलाअनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ ।

Total Page Visits: 3 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्