Monday, March 8Nepal News Portal
Shadow

ज्योति लाइफलाई ६६ लाख कित्ता आइपीओ गर्न अनुमति


काठमाडौं, (ससं) । एकपछि अर्को गर्दै साधारण शेयर (आइपीओ) बिक्री गर्ने क्रम बढ्दै गएको छ । महिला लघुवित्त वित्तीय संस्थाको पनि आइपीओ बाँडफाँटका क्रममा रहेको बेला नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई आइपिओ बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो ।

कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ ।

पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ । पछिल्लो विवरणअनुसार कूल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् । यस्तै अनलाइन कारोवारका लागि नेप्सको टिएमएस सेवा लिनेको सङ्ख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ । पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।

Total Page Visits: 12 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्