Friday, March 5Nepal News Portal
Shadow

प्रधानन्यायाधीश र प्रधानसेनापति थापाबीच भेट


काठमाडौं, (ससं) । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज (सोमबार) दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटवार्ता भएको सर्वोच्च अदालतस्थित स्रोतले जानकारी दिएको हो ।
प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको हो ।क्याभलरीको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको हो, सर्वोच्च अदालत स्रोतले भन्यो,नामसारीबारे छलफल भइरहेको थियोे । आज प्रधानसेनापतिलाई बोलाउनुभएको हो ।
अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत परिसरको निरीक्षणसमेत गरेका थिए ।अदालतको परिसर साँघुरो भएको भन्दै सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो । तर, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर हेर्दाहेर्दैमा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Total Page Visits: 12 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्