Sunday, March 7Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रामण पुष्टि


काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मोरङमा १, बारामा ३, रौतहटमा १, काठमाडौँमा ४२, काभ्रेका ४, चितवनमा ९, भक्तपुरमा ६, मकवानपुरका २ र ललितपुरमा ४ जना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुपाल्चोकका १, कास्कीमा १७, गोरखाका १, तनहुँका २, नवलपरासीपुर्वमा ४, बागलुङमा १, कपिलवस्तुका १, दाङमा ९, पाल्पामा १, प्युठानका १, बर्दियाका १, बाँकेमा ३, रुपन्देहीमा ४, रोल्पाका १, कञ्चनपुरका १, कैलालीका ४ तथा डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सोमबार थप ५२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँका ४२, भक्तपुरका ६ तथा ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर १ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ३ हजार ६ सय ८१ पीसीआर परीक्षण भएको छ। गत चौबीस घन्टामा ४३ जना संक्रमितको आईसीयुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

Total Page Visits: 10 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्