Thursday, March 4Nepal News Portal
Shadow

भोलीदेखि पत्रकार रवि लामिछानेको टिमले के गर्ने भयो यस्तो ? रविको घोषणा हेर्नुहोस्


काठमाडौं, (ससं) । पत्रकार रवि लामिछानेको टिमले फागुन ११ गते (भोलि)देखि नयाँ कामको थालनी गर्ने भएको छ । लामिछानेले एक टुइट गर्दै भोलीबाट नयाँ जोस जाँगरका साथ नयाँ थालनी गर्ने जानकारी दिएका हुन् ।

उनीसहितको टिम गत माघ ८ गते न्यूज २४ बाट प्रसारण हुने कार्यक्रमबाट विदा भएको थियो । उनीहरुले परिष्कृत कार्यक्रम ल्याउँने प्रतिवद्धता पनि जनाएका थिए । यही अनुरुप करिव एक महिना देशभरी नै टिम विस्तारमा जुटेको थियो । उनीहरु ग्यालेक्सी टेलिभिजन सञ्चालनमा जुटेको बुझिएको छ । भोली ११ः४५ बजे उक्त टेलिभिजनको उद्घाटन हुने अपेक्षा गरिएको छ । लामिछानेले पनि भोली ११ः४५ बजे विभिन्न माध्यमबाट नयाँ कामको जानकारी गराउँने बताएका छन् ।

Total Page Visits: 23 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्