Tuesday, March 2Nepal News Portal
Shadow

हेर्नुहोस् यिनै हुन् साहसी, हिमतवाला पाइलट बहिनि, जसले आफ्नो दाई को न्यायको लागि अब चाल्दैछिन् यस्तो कदम


काठमाडौं, (ससं) । मोरगं उर्लावारीमा भएको घटनाले अहिले सामाजिक सञ्जालमा मात्र नभएर ठूला मिडियाहरुले पनि निकैनै चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि निधन भएका प्रविण वस्तोलाको घटना थप रहस्य मय भएको छ । उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसारण गरीदिएपछि अहिले सो घटना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु द्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् । उनले त्यस विरुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै यातना दिएको बताएकी छन् । उनले सक्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वास्तविकता के हो खोज्ने बताएकी छन् । प्रहरीले फाइलमै गलत प्रमाण राखेर आफ्नो दाईको हत्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आरोप लगाएकी छन् । उनले सो घटनाका बारेमा प्रहरीलेनै छानविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् ।

Total Page Visits: 24 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्