Friday, March 5Nepal News Portal
Shadow

सर्वाेच्चको फैसलाले संविधानको रक्षा गरेको छ : प्रमुख सचेतक खाँड


काठमाडौं (ससं) । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वाेच्च अदालतको फैसला सम्मानजनक रहेको बताएका छन् । जनता र नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षामा सर्वाेच्चले फैसला गरेको भन्दै उनले सम्मान प्रकट गरेका छन् ।

उनले इतिहासमा यो निर्णयले न्यापालिकाको सिर ठाडो भएको बताए । त्यस्तै नेपाली जनताको जित भएको उनको भनाइ छ । अब तत्काल संसद बैठक बसी देशलाई निकास दिन रहेको उनको धारणा छ ।

उनले भनेका छन् ‘म सम्माननिय अदालतलाई हार्दिक धन्यबाद दिन चाहन्छु र सम्पुर्ण नेपाली जनतालाइ बधाइ दिन चाहन्छु । जय नेपाल ।’

Total Page Visits: 18 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्