Thursday, March 4Nepal News Portal
Shadow

र्पूवधारको हिसाबले प्रदेश राजधानी बुटवलमा नै उपयुक्त : काँग्रेस नेता खाँण


काठमाडौं, १६ असोज (ससं) । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रदेश नं. ५ को प्रदेश सभामा पेश गरेको राजधानीबारेको प्रस्ताव संशोधन गर्न आग्रह गरेका छन् । आज लुम्बिनी टाईम्सलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका खाँणले सरकारको प्रस्ताव अनुचित रहेको बताए । राजधानीका लागि सम्पूर्ण पूर्वाधारले उपयुक्त बुटवल नै भएकोले दाङलाई प्रदेश राजधानी बनाउँन उपयुक्त नहुँने उनको भनाई छ ।

त्यस्तै प्रदेश राजधानी दाङको भालुवाङमा बनाउँने भएपछि नेविसंघ लगायतले व्यापक विरोध जनाएको छ । अहिले नेकपा सरकारले दाङमा राजधानी राख्ने निर्णय गरेपछि यो विवाद पुनः सतहमा आएको छ र कांग्रेसका कार्यकर्ताले बुटवलमा सडक तताउन थालेका छन् ।

त्यस्तै भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि विदेश जान र विदेशबाट आउन सहज हुने भएकाले पनि बुटवल नै प्रदेश राजधानी उपउक्त हुने उनको भनाई छ । भौतिक पूर्वाधारको हिसाबले, सडक सञ्जाल, पाँच नम्बर प्रदेशका सबै जिल्लामा पुग्न सहज देखेर बुटवल नै उपयुक्त ठानेर त्यतिबेलाको सरकारले प्रदेश ५ को राजधानी तोकेको बताइएको छ ।

Total Page Visits: 5 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्