Wednesday, April 21Nepal News Portal
Shadow

प्रचण्ड–नेपाल र कांग्रेस सभापति देउवाबीच भेट


काठमाडौं, (ससं) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवा निवास बुढानिलकन्ठमा प्रचण्ड र नेपालले देउवासँग पछिल्लोपटक विकसित राजतीतिक घटनाक्रमबारे छलफल गरेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका हुन् ।

उनकाअनुसार नेताहरुबीच करिब आधा घण्टा छलफल भएको थियो। उनीहरुबीच चाँडै अर्कोपटक फेरि भेटेर छलफल गर्ने सहमति भएको छ। प्रतिनिधि सभा पुनःस्थापना भएसँगै आगामी रणनीति तय गर्न उनीहरुबीच छलफमा जुटेका हुन्।

Total Page Visits: 62 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्