Thursday, April 22Nepal News Portal
Shadow

सिडिएससीले ल्यायो आईपीओको नतिजा हेर्न छुट्टै वेबसाइट


काठमाडौं, (ससं) । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण शेयर (आईपीओ) को नतिजा हेर्न नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । सिडिएससीका अनुसार अब आईपीओको रिजल्ट http://www.iporesult.cdsc.com.np वेवसाईटबाट सजिलै हेर्न सकिने छ ।

यसअघि विभिन्न आर्थिक क्षेत्रसँग सम्वद्ध अनलाइन पोर्टलहरुले आईपीओको नतिजा सार्वजनिक गर्दै आएका थिए । ती अनलाइन पोर्टलहरुलाई नतिजा सार्वजनिक गर्न दिएको भन्दै नियामक निकायको सार्वजनिक आलोचना भएपछि सिडिएससीले आईपीओको नतिजा हेर्न सहज पुरयाउने उद्धेष्यले उक्त नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।

सीडिएससीले लगानीकर्ताहरूको गोपनीयतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम यसअघि नै बनाइसकेको छ । यो नियम पनि शुक्रवार बाँडफाँट भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओबाट नै लागू भइसकेको छ ।

pp

 

Total Page Visits: 230 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्