Wednesday, April 21Nepal News Portal
Shadow

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुयो ?


काठमाडौं, (ससं) । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगम (आईओस)ले बढाएसँगै निगमले पनि मूल्य वृद्धि गरेको हो । भारतीय निगमले पेट्रोलियम पदार्थको मूल्य सोमबार फेरि बढाएर पठाएको निगमले जनाएको छ । आईओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

निगमले फागुन १७ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मतिटेलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ भने मटितेल र डिजेलको मूल्य ९९ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ ।

No description available.

Total Page Visits: 201 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्