Wednesday, April 21Nepal News Portal
Shadow

उर्लाबारी युवक मृत्यु प्रकरण : थप एक व्यक्ति पकाउ


काठमाडौं, (ससं) । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरानबाट १९ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

उर्लाबारी-५ का प्रवीणको गत पुस ५ मा शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो। प्रवीणको हत्या आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये सुदीप परियार पक्राउ परेका हुन्।
यसअघि पक्राउ परेका मोरङका रतुवामाई- १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई गत बिहीबार मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उर्लाबारी-९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो।

Total Page Visits: 99 - Today Page Visits: 4
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्