काठमाडौं, १७ असोज (ससं) । सन् २०२२ का लागि अमेरिकी डाइभर्सिटी भीसा (डी.भी.) आवेदन कार्यक्रम खुल्ने भएको छ । डीभी नेपाली समय अनुसार आगमी असोज २१ गते (अक्टोबर ७) बुधबार राति ९ः४५ बजेबाट खुला हुने भएको हो ।
गत अप्रिल २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा केही आप्रवासीको प्रवेश स्थगित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका थिए । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९) प्रकोपपछि आर्थिक सुधारको क्रममा अमेरिकाको श्रम बजार जोखिमलाई थप मजबुद बनाउँन २०२२ का लागि डीभी खुला गरिएको हो ।
डीभीको आवेदन दिने समय आगामी कात्तिक २५ गते (नोभेम्बर १०) मा सकिने छ ।
डीभी भर्नको लागि कुनै पनि कन्ल्टेन्टको सहयोग नलिन र कुनै पनि शूल्क नलाग्ने नेपालस्थित अमेरिकी दूताबासले बताएको छ । डीभीको बारेमा अन्य सम्पूर्ण जनकारी ‘डेलिभरी भीसा प्रोग्राम’मा राखिने दूतावासले जनाएको छ ।
सम्पूर्ण जनकारी का लागि यहाँ क्लिक गर्नुहाला