Saturday, February 27Nepal News Portal
Shadow

विश्वमा कोरोना संक्रमितको संख्या साढे तीन करोड नाघ्यो, १० लाखभन्दा बढीको मृत्यु


काठमाडौं, १८ असोज (ससं) । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ५१ लाख २१ हजार ८०४ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ९३ हजार ९०१ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार कोभिड–१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ३७ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप चार हजार ७८६ जनाको मृत्यु भएको हो ।

हालसम्म दुई करोड ६१ लाख ११ हजार ९६५ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७९ लाख ७२ हजार ३२० छ। त्यसमध्ये ६६ हजार २५२ जना गम्भीर अवस्थाका छन् ।

यसै गरी अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३८३ पुगेको छ भने भारतमा ६५ लाख ४७ हजार ४१३ पुगेको छ। ब्राजिलमा संक्रमितको संख्या ४९ लाख ६ हजार ८३३ छ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्