Monday, May 10Nepal News Portal
Shadow

दोभान बजारमा भएको आगलागीमा घर बनाउन सरकारले प्रतिपरिवार ५ लाख दिने


काठमाडौं, (ससं) । ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनस्स्थापनाको मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङका सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का नेता योगेश भट्टराईको नेतृत्वमा बुधबार (आज)ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा दोभानका आगलागीपीडितलाई भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरिएको छ । मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीमा ४९ घर जलेर नष्ट भएका छन् भने डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् ।
भट्टराईकै नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरिएको छ । ‘आगलागीका कारण आवासविहीन हुन पुगेकाहरूलाई तत्काल राहत पुर्‍याउन, पहाडी भेगका बजारहरूमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा पीडितको हितमा व्यवस्थित सहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरेका छौं,’ उनले भने ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताएका छन् । मंगलबार नै टेन्ट, ब्ल्यांकेट पठाइएको र बुधबार खाद्यान्नलगायत अन्य सामग्री पठाइने उनको भनाइ रहेको छ । आवासका निम्ति भूकम्पपीडितसरहको मापदण्डका आधारमा आवश्यक रकम उपलब्ध गराइने उनले बताएका हुन् ।

Total Page Visits: 81 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्