Wednesday, April 21Nepal News Portal
Shadow

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार नाघ्यो


काठमाडौं, (ससं) । अमेरिकामा कोरोना बाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३५० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ३१ हजार ६५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार ८७९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड ३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ८९ लाख २१ हजार ४०० जनामध्ये १४ हजार ३५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Total Page Visits: 84 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्