Wednesday, April 21Nepal News Portal
Shadow

ट्राफिक प्रहरीले चोरिएका २७ मोटरसाइकल फेला पारी जिम्मा लगायो


काठमाडौं, (ससं) । उपत्यका विभिन्न स्थानमा चोरी भएका २७ वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेला पारेर धनीलाई जिम्मा लगाएको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट फेला पारेका २७ मोटरसाइकल धनीलाई जिम्मा लगाएको हो ।
उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका बीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानहरूबाट यी मोटरसाइकलहरु बरामद गरिएको महाशाखाले जनाएको छ ।

 

Total Page Visits: 31 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्