Thursday, April 22Nepal News Portal
Shadow

‘म मधेश विरोधी होइन’ : प्रधानमन्त्री ओली


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेश पस्न नदिए पनि सिँचाइका लागि पानी पसाएरै छाड्ने बताएका छन् ।
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको (आज) बिहीबार सिन्धुली जिल्लामा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मधेश विरोधी नभएको दोहोर्‍याएका छन् ।
‘केपी ओलीलाई मधेश विरोधी भन्थे । केपी ओलीलाई पस्न नदिए हुन्छ ।’ उनले भने, ‘तर केपी ओलीले तपाईंका खेतमा पानी भने पसाउँछ । तपाईंका सुख्खा खेतलाई चिसा चाहिँ बनाइ दिन्छ केपी ओलीले भने ।’
‘म मुख्यमन्त्रीमार्फत तराई मधेशमा खबर पठाउन चाहन्छु, केपी ओलीलाई पस्न नदिए पनि हुन्छ । तर, पानी पस्न चाहिँ नरोक्नु होला ।’ उनले भने ।

यो आयोजनापछि अर्को आयोजना सुनकोशी कमला डाइभर्सनको निर्माण गरिने बताउँदै उनले भने, ‘उक्त आयोजनाले धनुषा, सिरहा, सप्तरी जिल्लाको करिब १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ गर्छ ।’

यो आयोजनाले १ लाख ७० हजार बिघा जमिनमा सिँचाइ हुन थालेपछि प्रदेश २ का मधेशका जनताले आफैँ नगरा बझाउने उनले बताए । उनले भने, ‘त्यसपछि कुनै राजनीतिक पार्टी चाहिँदैन, जनता आफैँले नगरा बझाउने छन् ।’
‘मदन भण्डारी राजमार्ग यहीँबाट गइरहेको छ, देख्न नखोज्नेहरुले मास्तिरको डिलबाट गइरहेको मदन भण्डारी राजमार्ग देख्दैनन्,’ उनले भने, ‘देख्न नखोज्नेहरुले यो अगाडिको पुल पनि देख्दैनन् । देख्न नखोज्नेहरुले अरु विकास पनि भएको देख्दैनन् । तर, अब जनतलाई कसैले अलमल्याउन सक्दैन ।’

प्रधानमन्त्रीले सिन्धुली जिल्लाका कलाकार टिमलाई बाद्यबाधन तथा भेषभुषा किन्नका लागि डेढ लाख रुपैयाँ सहयोग दिने समेत घोषणा गरेका छन् ।

Total Page Visits: 91 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्