Thursday, April 22Nepal News Portal
Shadow

पछिल्लो २४ घन्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ।
देशभर हालसम्म ७९५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ५ हजार ५ सय ३६ पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

Total Page Visits: 92 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्