Wednesday, April 21Nepal News Portal
Shadow

आजदेखि रसुवागढी नाका सञ्चालनमा


काठमाडौं, (ससं) । माघ २९ गतेदेखि बन्द रहेको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालन भएको छ । ल्होसारका कारण बन्द भएको चीनसँग जोड्ने यो नाका आजबाट खुला गरिएको हो ।
रसुवा भन्सार कार्यालय प्रमुख स्रोतका अनुसार नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार (हिजो) बेलुकी नेपाल पक्षलाई गराएका थिए ।
भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँ पक्षले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।
यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ ।

Total Page Visits: 97 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्