काठमाडौं, (ससं) । देशभर पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।
पछिल्लो २४ घन्टामा ८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।
Total Page Visits: 93 - Today Page Visits: 4