Wednesday, April 21Nepal News Portal
Shadow

ओली बामदेवलाई भेट्न भैंसेपाटीमा


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता बामदेव गौतमलाई उनको निवास भैंसेपाटीमा पुगेर भेटेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भएको बामदेव निकट नेताले बताएका छन् ।

नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओ‌ली र गौतमबीचको भेटको तस्वीर सार्वजनिक गरेका थिए । उनले प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न भैंसेपाटी गएको उल्लेख गरेका छन् ।

फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पुर्‍याउन क्रियाशील छन् । त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनलाई भेटेको अनुमान गरिएको छ । बामदेव राष्ट्रियसभा सदस्य छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सदस्य छिन् ।

भेटमा राजनीतिक कुरा भए पनि यो विशुद्ध पारिवारिक भेटघाट भएको बताइएको छ । यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए ।

Total Page Visits: 133 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्