Wednesday, April 21Nepal News Portal
Shadow

सन्दिप न्यौपानेको ‘लालुमै’पछि ‘सान्बाबु’ (भिडियोसहित)


काठमाडौं, (ससं) । गायक सन्दिप न्यौपानेले दोहोरी गीत ‘लालुमै’को सफलतापछि ‘सान्बाबु’ लिएर आएका छन् । शिव हमालको सृजनामा बजारमा ल्याइएको ‘लालुमै’ले लोक बजार पिटेको दुई बर्षपछि गायक न्यौपानेले उस्तै प्याटनको दोहोरी गीत ‘सान्बाबु’ल्याएका हुन् ।

गायक न्यौपानेको दोहोरी गीत ‘लालुमै’लाई यूटुवमा ३ करोड ३६ लाख बढि दर्शकले हेरेका छन् । उनै गायक न्यौपानेले दुई बर्ष पछि ‘सान्बाबु’लिएर बजारमा आएका छन् । न्यौपानेको शब्द र संगीत सिर्जनामा तयार भएको गीतमा सम्झना भण्डारीको स्वरमा साथ छ ।

यस गीतको म्यूजिक भिडियोमा पछिल्लो समयका चर्चित जुम्ल्याह जोडी स्मारिका र समारिकासँगै गायक सन्दिप न्यौपानेको अभिनय तथा नृत्य रहेको छ । भिडियोको कोरियोग्राफर एवं निर्देशक भने प्रकाश भट्ट हुन् ।

अमर सुनार यस भिडियोको एसिस्टेन्ट कोरियोग्राफर हुन् । नवराज उप्रेतीको छायाँकन रहेको यस गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियो शिव हमालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

‘लालुमै’मा विष्णु माझीको स्वर रेकर्ड गराएका सन्दिपले ‘सान्बाबु’मा सम्झना भण्डारीको साथ लिएकी छिन् । ‘लालुमै’मा सन्दिप सृष्ट्रि खड्कासंग नाचेका थिए ।

Total Page Visits: 253 - Today Page Visits: 4
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्