Monday, May 10Nepal News Portal
Shadow

तितेपातीमा फाइदै फाइदा, यसरी खानुहोस्


काठमाण्डौं, (ससं) । तितेपाति हाम्रो नेपालको पहाडी भेगमा जताततै पाईन्छ तर यसको फाइदा बारे कसैलाई थाहा हुदैन । तितेपाती नेपालमा पाइने एक किसिमको जडीबुटी हो । तितेपातीका धेरै फाइदाहरु रहेका छन् । यसको तेलबाट हाड दुखाइ, जिउ चिलाउने, उच्च रक्तचाप तथा ज्वरोको औषधि समेत बनाउन सकिने वनस्पति विज्ञहरूले दाबी गरेका छन् । लुतो निको पार्न तथा कुनै किसिमको चोट लाग्दा पनि यसको पातलाई माडेर झोल निकाली प्रयोग गरेमा आराम दिन्छ ।
चर्मरोग र सुन्निएको ठाउँमा पनि तितेपातीको प्रयोग निकै उपयोगी मानिन्छ । यति मात्र नभई तितेपाती युरिक एसिड, एलर्जी, डिप्रेसन तथा निद्रासम्बन्धीका अन्य समस्या निराकरण गर्नका लागी पनि उपयोगी मानिन्छ । साथै यस वनस्पतिबाट अत्तर पनि बनाउन सकिन्छ । मधुमेहका बिरामीले तितेपातिको जरा कुटेर त्यसको पाउडर राति सुत्ने बेलामा पानीमा घोलेर एक सातासम्म खाँदा निकै फाइदा गर्छ । यसको जराको पाउडर बनाई बिहान मनतातो पानीमा एक–एक चम्चा खाने गरेमा जुका र चुर्ना स्वतः हराउँने छन् । महिनावारीमा हुँने गडबडीको लागी पनि यो निकै नै उत्तम औषधी मानिन्छ ।

Total Page Visits: 289 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्