Monday, May 10Nepal News Portal
Shadow

डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश चैत २० गते पारित हुने


काठमाडौं, (ससं) । डिप्रोक्स लभुवित्त वित्तीय संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा आगामी चैत २० गते शुक्रबार हुने भएको छ । फागुन २१ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले होटल मोनालिसा सौराहा, चितवनमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर उक्त सभाबाट परित गरिने छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्तापूूँजीको ५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई दिने निर्णय गरिएको छ ।

साधारणसभा प्रयोजनका लागि चैत १० गतेदेखि चैत २० गतेसम्म शेयर दाखिल खारेज बन्द (बुक क्लोज) रहनेछ । चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नियमानुसार सि.डि.एस.एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफसमेत भई शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा रहेको दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

Total Page Visits: 215 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्