Wednesday, April 21Nepal News Portal
Shadow

दाङको एक सडक रातारात भाईरल


काठमाडौं, (ससं) । पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू रातारात चर्चा (भाइरल) भएको पाइन्छ। दाङको एउटा सडक पनि टिकटकमा हिजोआज भाइरल हो। जुन सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन्।दाङको घोराही उपमहानगरपालिका(१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्न सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो।

घोराही–१०, नारायणपुरदेखि वडा नं. ११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त सडक अन्तर्गत घोराही–११, झुम्केटाडी निकै भा’इरल भइरहेको छ । त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिक टक प्रयोगकर्ताहरू पुग्ने गरेका छन्। सामाजिक सञ्‍जाल टिकटकमा भिडियोदेखि पछि आफू पनि हेर्न आएको तुलसीपुरकी कल्पना डाँगीले बताइन्।

‘टिकटकमा निकै भाइरल भएको थियो, कस्तो रहेछ भनेर हेर्न आएको हौँ,’ उनले भनिन्, ‘अन्य दिनभन्दा विदाको दिन निकै भीडभाड हुँदोरहेछ, यहाँ अरू कुनै हेर्ने चिज त छैन, सबै सडकमा फोटो खिच्नेदेखि भिडियो बनाउन आउने रहेछन्। तर, उक्त क्षेत्र मा दु’र्घ टनाको जो’खिम बढी छ। धेरै भीडभाड र सवारी साधनको चाप पनि बढी हुँदो रहेछ।’ त्यस्तै, शान्तिनगर–२, अमुवाबाट भाइरल सडक हेर्न आएका गणेश खत्रीले पनि सामाजिक सञ्जालबाट आफूले थाहा पाएको बताए । थाहा खबरबाट 

Total Page Visits: 192 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्