Wednesday, April 21Nepal News Portal
Shadow

हरेक दिन अशुभ हुने यो समयमा भुलेर पनि नगर्नुहोस् शुभ कामको थालनी, कुन समयलाई मानिन्छ अशुभ ? हेर्नुहोस्


काठमाडौं, (ससं) । हिन्दु धर्मावलम्बीहरुले कुनै पनि शुभ कार्य गर्नअघि शुभ साइत हेर्ने परम्परा रहेको छ । शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे काम सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलनरहेको छ । अशुभ समयमा शुभ काम थालियो भने काममा सफलता हैन असफलता प्राप्त हुने विश्वास रहेको छ ।
हरेक दिन राहुको समय ९० मिनेट हुने भएकाले त्यो समयमा कार्य गर्नु शुभ मानिदैन् । सर्योदयदेखि लिएर सूर्यास्तसम्म आठौँ भागको स्वामीलाई राहु मानिन्छ । त्यसैले हरेक दिन राहुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । कुन समय हो त राहुको जानौं,
१.आइतबार राहुकालको समय बेलुका ०४:४५ देखी ६स्१५ बजेसम्म

२.सोमबार राहुकालको समय बिहान ०७:४५ देखी ९:१५ बजेसम्म

३। मंगलबार राहुकालको समय दिउसो ०३:१५ देखी ०४:४५ बजेसम्म

४. बुधवार राहुकालको समय दिउसो १२:१५ देखी ०१:४५ बजेसम्म

५.बिहिबार राहुकालको समय दिउसो ०१:४५ देखी ३:१५ बजेसम्म

६.शुक्रवार राहुकालको समय बिहान १०:४५ देखी १२:१५ बजेसम्म

७.शनिवार राहुकालको समय बिहान ९:१५ देखी १०:४५ बजेसम्म
यो समयमा कुनै पनि शुभ कार्य गर्नु उचित हुंदैन ।

Total Page Visits: 170 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्