काठमाडौं, २१ असोज (ससं) । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७४८ जनाको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो अवधिमा त्यहाँ थप ४० हजार ३१७ जनामा संक्रमण पुष्टि भएको छ।
अमेरिकामा कुल संक्रमित संख्या ७७ लाख १९ हजार ४०३ पुगेको छ। तीमध्ये दुई लाख १५ हजार ७८० ले ज्यान गुमाएका छन्।
अमेरिकामा अहिलेसम्म ४९ लाख ३३ हजार ४५ जना संक्रमणमुक्त भइसकेका छन्। हालसम्म २५ लाख ७० हजार ५७८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार ४६७ जना गम्भीर छन्।
Total Page Visits: 4 - Today Page Visits: 1