Tuesday, March 9Nepal News Portal
Shadow

विश्वमा तीन करोड ६० लाखभन्दा बढी कारोना संक्रमित


काठमाडौं, २१ असोज (ससं) । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ६० लाख २६ हजार ८१६ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा तीन लाख पाँच हजार ४२८ संक्रमित थपिएका हुन्।

कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ५३ हजार ९२६ पुगेको छ। पछिल्लो २४ घण्टामा थप पाँच हजार ४४० जनाको मृत्यु भएको हो।

हालसम्म दुई करोड ७१ लाख ३० हजार २९ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७८ लाख ४२ हजार ८६१ छ। त्यसमध्ये ६७ हजार ५८८ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी सक्रमण देखिएको अमेरिकामा संक्रमितको संख्या ७७ लाख १७ हजार ९२४ पुगेको छ। भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ भने ब्राजिलमा ४९ लाख ७० हजार ९५३ छ।

Total Page Visits: 6 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्