Saturday, March 6Nepal News Portal
Shadow

खानेपानी पाईप लाइनको मापदण्ड विपरित काम, उपभोक्ता समितिका अध्यक्ष तामाङ्गनै संलग्न


काठमाडौं, २५ असोज (ससं) । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं. १, सापिङ्गमा निर्माण भइरहेको घट्टेखोला–उर्लेनी–भिमसेनथान (लिफ्ट) खानेपानी आयोजनाको काममा चरम लाप्रवाहि भेटिएको छ । निर्माण व्यवसायीको मिलेमतोमा उपभोक्त समितिका अध्यक्ष रेशम तमाङ्गबाट खानेपानी पाइपलाईन विच्छ्याउँनका लागि कुलो खन्ने काममा यस्तो लाप्रवाही भएको हो ।

निर्माण व्यवसायीले उपभोक्ता समितिलाई पाईप विच्छ्याउँनका लागि कुलो खन्ने काम दिएको थियो । तर, उल्टै उपभोक्त समितिका अध्यक्ष तामाङ्गले आफ्नै भाइ राम बहादुर तामाङ्गलाई साइड हेर्न दिएका छन् । राम बहादुर स्थानीय विद्यालयय श्री जन जागृति प्राथमिक विद्यालयका प्रध्यानाध्यापक हुन् ।

काम गर्ने साइडमा उपभोक्ता समितिका अध्यक्ष नआई उनका शिक्षक भाइ दैनिक आउँने गरेका छन् । उनले स्थानीय महिलाहरुलई लगाएर मापदण्ड विपरित कुलो खन्न लगाएको स्थानीएको भनाइ छ । स्थानीयका अनुसार इन्जिनियरिङ्ग स्टामेट अनुसार पाईप पुर्नका लागि ३ फिट खन्नु पर्ने मापदण्ड हुनुपर्ने व्यवस्था छ । तर, कुलो एक वित्ता खनेर पाईप पुर्ने गरेको पाईएको छ ।

मापदण्ड विपरित काम हुन थालेपछि स्थानीयले चर्काे विरोध गरिका छन् । स्थानीयको विरोधलाई वेवास्ता गर्दै जवर्जस्ति पाईप पुर्ने काम भइरहेको एक स्थानीयले जानकारी दिए । उनका अनुसार काम दीगो र गुणस्तरीय गर्नु भन्दा पनि पैसा सक्ने र कमिसन तिर शिक्षक तामाङ लागेका छन् ।

राम बहादुरले स्थानीय महिलालाई ज्यालादारीमा दैनिक ६०० रुपैयाँ दिने भनेका थिए । तर, पछि आयोजनामा घटा लाग्छ भन्दै मिटरको हिसाबमा पैसा दिने निर्णय गरे । एक मिटर खनेबापत १०० रुपैयाँ दिने भनिएको भएपनि श्रमिकहरुले नमानेपछि २० रुपैयाँ थप गरी मिटरको १२० रुपैयाँ दिने सहमति गरी उनले कुलोको गहिराई १ फिट खन्न लगाएको बताइएको छ ।

स्थानीयहरुले पटक–पटक समितिका अध्यक्ष रेशम तामाङ्गलाई तीन फिट कुलो नपुगेको भन्दा पनि जिम्मेवारी पाएका राम बहादुरले यति भए पुग्छ जसलाई पुग्दैन उसैले आएर खन्छ भन्दै हतार हतारमा पाईप पुरेका थिए । पछि स्थानीयहरुबाट चर्काे विरोध भएपछि उपभोक्त समितिका अध्यक्ष आएर पुनः मापदण्ड अनुसार खन्ने प्रतिवद्धता गरे । तर, स्थानीयहरु भने उपभोक्ता समितिको कार्यशैली देखेर चकित परेका छन् । एक स्थानीयले भने, ‘एउटै कुलो कतिपटक खन्ने हो ? हामीले आवाज नउठाएका भए त झारा टार्ने काम हुने रैछ नि । उपभोक्त समितिबाट नै यस्तो नक्कली काम हुन्छ भने हामीले कसलाई विश्वास गर्ने ?’

त्यस्तै फिल्डमा खटिएका प्रध्यानाध्यपक तामाङले भने स्थानीयको आवजलाई दबाउँन खोजेका छन् । उनीसँग स्थानीय युवाहरुले कुरा गर्न खोज्दा उल्टै धम्क्याउँने गरेका छन् । ती युवाले भने, ‘साइड हेर्न दैनिक सर जाने गर्नुभएको छ । उहाँ ठेकदार हो कि विद्यालयको शिक्षक हो ? कि शिक्षकले पनि ठेक्का पट्टा गर्न मिल्छ । उहाँसँग यस्तो कुरा गर्दा उल्टै धम्क्याउँने गर्नुभएको छ ।’

त्यस्तै उपभोक्त समितिका अध्यक्ष तामाङले पनि पाईप लाइनको कुलो खन्ने काममा गल्ति भएको स्वीकारेका छन् । उनले त्यो गल्ती सच्याएर अगाडि बढ्ने बताए । उनले भने, ‘म सबै ठाउँमा जान भ्याउँदिन त्यसको लागि अरुलाई नै खटाउँनु पर्छ । त्यहाँ साथिहरुले गल्ति गरेछन् । मैले फेरी ३ फिट खन्नु भनेको छु ।’

भुम्लुको सापिङ्गमा बागमति प्रदेशको सहयोगमा २ करोड ५० लाख रुपैयाँको लागतमा खानेपानी आयोजन निर्माण भइरहेको छ । यस आयोजनाबाट १६५ घर धुरी लाभान्वित हुने छन् ।

Total Page Visits: 12 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्