Saturday, March 6Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाज डडेलधुराले पायो पूर्णता


काठमाडौं, २६ असोेज (ससं) । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले डडेलधुरा शाखाका पदाधिकारीहरुलाई सफत ग्रहण गराएका छन् । प्रमुख आतिथिसमेत रहेका कर्मचार्यले गत २४ गते अमरगढी नगरपालिकामा पर्ने तुफान डाँडामा सपथ ग्रहण गराएका हुन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भौतिकरूपमा उपस्थित बिना गत असार १६ गते भर्चुअल माध्यमबाट नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखा गठन गरिएको थियो ।

उक्त कार्यसमितिमा हरिश जोशी अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा माधव पन्त, जिल्ला महासचिवमा रमेश बहादुर माली, कोषाध्यक्षमा उपेन्द्र जोशी र सचिवमा प्रकाश जोशी रहेका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः मोहनबहादुर देउबा, साबित्री ऐर, पूजा बस्नेत, मदन पाण्डे, राजेन्द्र पनेरू र हेमराज पन्त रहेका छन् ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज डडेलधुरा शाखाको पहलमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले प्रमाणपत्र बितरण गरेका थिए ।
उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाकार्यसमितिका अध्यक्ष हरिश जोशीले डडेलधुरा जिल्लाका नागरिकहरूलाई चाँडै नै निःशुल्क रगत उपलब्ध गराउन सम्बन्धित निकायमा आवश्यक पहलकदमी चाल्ने प्रतिबद्धता जनाए ।

Total Page Visits: 5 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्