Thursday, April 22Nepal News Portal
Shadow

चैत ४ गते बुधबारको राशिफल, आजको तपाईंको भाग्य कस्तो छ त ?


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। तर बलजफ्तीले काम बिग्रन सक्छ ।  समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष भेटघाटले उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आयस्रोत सबल हुनेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्नेछ । मिहिनेत गर्दा पछिका लागि कामको जग बसाउन भने सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला । बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइनेछ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साँझतिर विशेष फाइदा हुनेछ। अध्ययनको गतिले थप उचाइमा पुर्याउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ ।  अनावश्यक धन खर्च हुनेछ, तर वैदेशिक, राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला ।

Total Page Visits: 388 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्