Thursday, April 22Nepal News Portal
Shadow

५ वटा हाइड्रोपावरसहित ६ कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि


काठमाडौं, (ससं) । बुधबार ६ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । उक्त दिन सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा ५ वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने एउटा होटल तथा पर्यटन समूहको चन्द्रागिरि हिल्स रहेको छ । हाइड्रोपावर समूहका जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड, यूनाईटेड ईदी मार्दी आर्बी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र खानिखोला हाइड्रोपावर लिमिटेडको सर्वाधिक शेयर मूल्य वृद्धि भएको हो । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि हुने पहिलो स्थानमा चन्द्रागिरि हिल्स रहेको छ । यो कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको हो । आज यो कम्पनीको प्रतिशेयर मूल्य १ हजार १७७ रुपैयाँ कायम भएको छ । त्यस्तै जोशी हाइड्रोपावरको ९.७७ प्रतिशत, ग्रीन लाइफको ९.७६ प्रतिशत, यूनाईटेड ईदी मार्दीको ९.७० प्रतिशत, पञ्चकन्या माई ९.६६ प्रतिशत र खानिखोलाको ९.३८ प्रतिशतले वृद्धि भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेडको भएको छ । यो कम्पनीको २० करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ५३० रुपैयाँ कायम भएको छ । त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री हुने दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको पनि १८ करोड ८४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य २ हजार ३६ रुपैयाँ कायम भएको छ ।

आज २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ३ अर्ब ३७ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

Total Page Visits: 228 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्