Wednesday, April 21Nepal News Portal
Shadow

के तपाईँलाई हाच्छिउँले बढि सताउछ ? यी हुन् हाच्छिउँ सम्बन्धी रोचक तथ्य


काठमाडौं, (ससं) । हाच्छिउँ शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने रौँहरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निस्कन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।

१. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।

२. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।

३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।

४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।

५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।

६. हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७. हाच्छिउ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

८. आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ । एजेन्सी

Total Page Visits: 153 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्