Thursday, April 22Nepal News Portal
Shadow

दुनियाकै यी हुन विचित्र विश्व कीर्तिमान, तपाईलाई अचम्म लाग्न सक्छ


काठमाडौं, (ससं) । संसारमा केही यस्ता मानिसहरु छन् । तिनीहरु चर्चामा आउनका लागि जे पनि गर्न तयार हुन्छन् । आफ्नो त्यही इच्छाका कारण उनीहरुलाई विश्वव्यापी पहिचान प्राप्त हुन्छ । आज हामीले त्यस्तै अनौठो क्षमता तथा कार्यका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा आफ्नो नाम लेखाउँन सफलको कुरा ल्याएका छौं ।

१. आफ्नो आँखाका गेडा बाहिर निकालेर : आफ्नो आँखाका गेडा बाहिर निकालेर पनि एकजना महिलाले विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको शिकागोमा बस्ने किम गुडम्यान नामकी ती महिलाले आफ्ना आँखालाई सामान्य स्थानबाट ११ मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछिन् ।

२.सबैभन्दा लामा नङ : अमेरिकाकी क्रिस वाल्टनका हातका औँलाका नङ संसारकै सबैभन्दा लामा नङ हुन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार उनको हातका सबै औँलाको नङको लम्बाइ जोड्दा १० फिट २ इन्च हुन्छ । उनले पछिल्लो झण्डै २० वर्षदेखि आफ्नो नङ काटेकी छैनिन् ।

३. संसारकै सबैभन्दा लामो कपाल : संसारकै सबैभन्दा लामो कपाल भएकी किशोरी स् भारतको गुजरातकी निलांशी पटेलले सन् २०१९ मै विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरीको कीर्तिमान कायम गरेकी हुन् । उनको कपाल १९० सेन्टिमिटर लामो छ ।

५. संसारकै लामो दाह्रीजुँगा : भारतका राम सिंह चौहान संसारकै सबैभन्दा लामो दाह्रीजुँगा भएका व्यक्ति हुन् । भारतको राजस्थानका सिंहको दाह्रीजुँगाको लम्बाई १४ फिट छ । उनले पछिल्लो ३९ वर्षदेखि आफ्नो दाह्रीजुँगा काटेका छैनन् ।

Total Page Visits: 295 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्