Wednesday, April 21Nepal News Portal
Shadow

आज होली पूर्णिमा , किन मनाइन्छ होली ?यस्तो छ तथ्य


काठमाडौं, (ससं) । होली सबैले मनाउने पर्व हो । होली मनाउनुमा दुई वटा मान्यता रहेका छन् ।
पौराणिक मान्यता
भगवान नरसिंहको रुपमा यसै दिन प्रकट भएका थिए । उनले हिरण्यकश्यप राक्षसको हत्या गरे, उक्त दृष्य भक्त प्रहलादले हेरिरहेको थिए ।

हिन्दु महिना अनसार नयाँ सम्वत होलीको दिनबाट शुरु हुन्छ ।

चैत्र कृष्ण प्रतिपदाको दिन धर्तीमा पहिलो मानव मनुको जन्म भएको थियो ।

यसैदिन कामदेवको पुर्नजन्म भएको थियो । यो सबै खुशी मनाउनको लागि रंगोत्सव मनाइएको हो ।

त्रेतायुगमा विष्णुको आठ अवतार श्री कृष्ण र राधारानीले होलीको रंगोत्सवमा प्रेमका रंग पनि चढाएका थिए । श्रीकृष्ण होलीको दिनमा राधारानीको गाउँ बरसानेमा गएर राधा र गोपिनीसँग होली खेल्थे । कृष्णको रंगीलाले होलीलाई रमाइलो बनायो र प्रेम र स्नेहको उत्सव बन्यो ।

भगवान श्रीकृष्णले यस दिन पुतना नाम गरेको राक्षसका हत्या गरेका थिए, यसै खुशीमा गोपिनी र ग्वोलाहरुले रंग खेलेर रमाइलो मनाएका थिए ।

सामाजिक मान्यता

होली बसन्तको चाड हो र यो चाड आइपुग्दा चिसो मौसमको समाप्त हुन्छ । यसको केहि हिस्सा बसन्त ऋतुसँग सम्बन्धित हुन्छ । किसानहरुले होलीलाई राम्रो बाली उत्पादन गर्ने आशामा हेरेका हुन्छन् । यसलाई वसन्त उत्सव वा कार्य उत्सवको रुपमा पनि लिइन्छ ।

यस दिन आपसी रिसलाई बिर्सेर एक अर्कामा रंगले चिन्न नसक्ने गरी भरिदिन्छन् । मानिसहरु शिव जस्तै देखिने हुनाले भोलेशंकर पनि प्रसन्न हुने गर्छन ।

यसदिन शिव र शिवभक्तहरुको साथमा होली खेलेर आनन्द, मज्जा लिएर प्रेम र भक्तिको आनन्दमा डुब्छन् ।

Total Page Visits: 138 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्