Wednesday, April 21Nepal News Portal
Shadow

माओवादी केन्द्रका चार सांसद आज पद मुक्त हुने


काठमाडौं, (ससं) । माओवादी केन्द्रका चार सांसद प्रतिनिधिसभाको आज बिहीबार बैठकमा सभामुखले पद मुक्त भएको जानकारी गराउने सम्भावना रहेको छ ।
एकपा एकीकरण सर्वोच्चको फैसलाबाट भंग भई एमाले र माओवादी एकीकरणको पूर्वको अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गएको मंगलबार सांसदलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयमा बुझाएका थिए ।
प्रचण्डले संसदलाई पत्र लेखेर लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न आग्रह गरेका हुन् ।
सोही अनुरुप बिहीबार यी चार सांसदहरु पद मुक्त हुने सम्भावना छ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका बोलाइएको छ।

Total Page Visits: 269 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्