Monday, May 10Nepal News Portal
Shadow

खड्काको सांसद पद खारेज


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्काको सांसद पद खारेज भएको छ ।
खड्का माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको संसदीय दल बैठकले खड्काले दल त्याग गरेको भन्दै उनको सांसद पद रिक्त गराइदिने प्रक्रिया अघि बढाउन संसद् सचिवालयलाई पत्र पठाउने निर्णय गरेको थियो ।

यसअघि माओवादी केन्द्रले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा र अन्य चार नेतालाई पनि सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको थियो ।

फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएर नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि माओवादीका पाँच सांसद एमालेतिर लागेका थिए ।

Total Page Visits: 706 - Today Page Visits: 28
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्