काठमाडौं २ कार्तिक (ससं)। घटस्थापनाको दिन विभिन्न नाकाबाट ३८ हजार १२७ जनाले काठमाडौं उपत्यका आउजाउ गरेका छन्।
ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ४०४ वटा सवारीसाधनमा १६ हजार ६४९ जना यात्रु उपत्यका भित्रिएका थिए।
सोही अवधिमा चार हजार ७२१ वटा सवारीसाधनमा २१ हजार ४७८ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
Total Page Visits: 5 - Today Page Visits: 1