Monday, March 8Nepal News Portal
Shadow

ललितपुरमा गाडीको ठक्करबाट एक जनाको ज्यान गयो


काठमाडौं,६ कार्तिक (ससं)। ललितपुरको बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु ज्यान गएको हो ।

ठक्करबाट इमाडोलकै ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन् ।

ठक्कर दिएर भागेको सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Total Page Visits: 5 - Today Page Visits: 3
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्