Thursday, March 4Nepal News Portal
Shadow

कैलालीमा आज थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौं, १३ कार्तिक (ससं)। कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका २ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

कार्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

आईसीयूमा भर्ना भएकी महिलाको बिहान करिब ५ः३० मृत्यु भएको हो ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्