Monday, March 8Nepal News Portal
Shadow

ट्याक्टरमा च्यापियर चालकको मृत्यु


दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिका ५ घोडेभित्तामा ट्याक्टरमा च्यापिएर बुधबार राति दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको हो ।

लटिनाथानबाट मकरीगाड हाइड्रो पावरमा सिमेन्ट लैजाने क्रममा उनलाई आफैंले चलाएको ट्याक्टरले च्यापेको थियो ।

ट्याक्टर रोकेर शौचका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको हो ।

Total Page Visits: 13 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्