Monday, March 8Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना पुष्टि, ३ हजार ३८ जना कोरोनामुक्त


पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्केका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।

Total Page Visits: 7 - Today Page Visits: 2
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्