Thursday, March 4Nepal News Portal
Shadow

केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पाँच दिनपछि भेटवार्ता


काठमाडौं, कार्तिक २० (ससं) । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पाँच दिनपछि भेटवार्ता भएको छ।

अध्यक्ष दाहाल प्रधामन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई भेट्न बिहीबार मध्यान्न बालुवाटार पुगेका हुन्।

लामो विवादका बीच दाहाल र ओलीबीच १२ बजेदेखि बालुवाटारमा भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेट गर्ने कार्यक्रम तय भएको बताए। ‘दुई अध्यक्षबीच भेटको कुरा तय भएको भएको हो तर, म केही समय अघी नै बाहिर निस्किए’ थापाले भने।

राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुसी प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएका बेला उनीहरुबीच पुनः संवाद हुन लागेको हो।

ओली पक्षले प्रचण्ड र ओलीबीच पहिले छलफल र समझदारी हुनुपर्ने अनि मात्रै कमिटि बैठक डाकिनु पर्ने अडान लिएको छ भने प्रचण्ड पक्षले अब प्रचण्ड र ओलीबीचको छलफलको कुनै अर्थ नरहेकाले सिधै सचिवालय बैठक डाक्नु पर्ने अडान लिएको छ।

यसअघि प्रचण्ड आफ्नो समूहका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतसँग निरन्तर छलफलमा थिए भने ओली पनि आफ्नो पक्षसँगको छलफलमा व्यस्त रहेका थिए।

Total Page Visits: 3 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्