Saturday, March 6Nepal News Portal
Shadow

नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि, ४५०० संक्रमणमुक्त


काठमाडौं, २१ कार्तिक (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज थप २ हजार ९०९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । यीसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । आज १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

आजसम्म पसीआर विधिबाट परीक्षण १५ लाख १७ हजार ३४३ भएको छ । पछिल्लो तथ्यांक अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन भने क्वारेन्टाइनमा एक हजार ५४ जना रहेको छन् ।

Total Page Visits: 1 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्