Monday, March 8Nepal News Portal
Shadow

गत २४ घण्टामा विश्वमा थप ६ लाख १६ हजारमा कोरोना संक्रिमण पृष्टि


काठमाडौं, २२ कार्तिक (ससं) । विश्वमा पछिल्लो २४ घण्टाभित्र ६ लाख १६ हजार २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ९६ लाख ४२ हजार पुगेको छ । त्यस्तै गत २४ घण्टामा नौ हजार २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेको संख्या १२ लाख ४७ हजार ९४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख २५ हजार ८२२ जना रहेका छन् । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार १९४ जनाले ज्यान गुमाएका हुन् । फ्रान्समा ६० हजार ४८६ नयाँ संक्रमित थपिएका छन् भने ८२८ जनाको मृत्यु भएको छ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४९ हजार ७३९ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ थप ५७६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

त्यसैगरी रसियामा २० हजार ५८२ जना नयाँ संक्रमित थपिएका छन् भने ३७८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।

Total Page Visits: 2 - Today Page Visits: 1
"Samabeshikhabar.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : समावेशी खबर’  [Email : samabeshikbr@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्