काठमाडौं,२६ कार्तिक (ससं) । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको छ भने १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२६१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९७६ जना, ललितपुरका २०४ र भक्तपुरका ८१ जना रहेका छन् ।